कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् । यसको अलावा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल मार्फत सौन्दर्याले दिएकी छन् ।
सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस वानागामुदी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’ हाल रजनीकान्तले सोशल ड्रामा फिल्म ‘अन्नथे’ को सुटिङ गरिरहेका छन् । फिल्मको आधा सुटिङ सकिएको छ भने बाँकी सुटिङ कोरोनाको स्थिति ठिक भएपछि हुनेछ । फिल्ममा रजनीकान्तको साथ नयनतारा र कीर्ति सुरेशको पनि अभिनय रहनेछ ।
मा प्रकाशित