नेकपा दाङद्वारा जनसंघर्षका कार्यक्रम घोषणा, यस्ता छन् संघर्षका कार्यक्रम ?

गणतन्त्र नेपाल समाचारदाता

नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाव्यापी जनसंघर्षका कार्यक्रमको घोषणा गरेको छ। नेकपा दाङको नवौं जिल्ला सम्मेलन आयोजक कमिटीको १०औ पुर्ण बैठकले जनसंघर्षका कार्यक्रमको घोषणा गरेको हो।

बुधबार दाङको घोराहीमा बसेको बैठकले नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा घोषणा गरिएका संयुक्त जनसंघर्षका कार्यक्रमहरुलाइ जिल्लामा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको हो।
संयुक्त जनसंघर्षका कार्यक्रम अन्तर्गत पार्टीले जिल्लामा श्रावण १३ गते जिल्लाका सबै पालिकामा कोणसभा गर्ने,श्रावण १५ गते जिल्लाभरी मशाल जुलुस प्रदर्शन गर्ने र श्रावण २१ गते भालुबाङमा बिरोध प्रदर्शन सहित सभा गर्ने निर्णय गरेको नेकपाले जनाएको छ। साथै बैठकले पार्टीका जवस/मोर्चाका बैठकहरु बस्ने,युवा संगठन नेपाल दाङको जिल्ला भेला गर्ने समेत निर्णय गरेको छ।

यस्तै नेकपा दाङको नवौं जिल्ला सम्मेलन आयोजक कमिटीको बैठकले असोज १-८ गतेसम्म सम्पन्न हुन गइरहेको पार्टीको नवौं महाधिवेशनमा प्रस्तुत हुने पार्टीको बिधानप्रती आयोजक कमिटीका सदस्यहरुले लिखित सुझाव समेत पेश गरेका छन। बिधानप्रती सुझाव पेश गर्न ३ वटा टिम बिभाजन गरि बिधानमा छलफल गरि सुझाव राखिएको थियो।

नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा बिशेष कमिटी सदस्य विक्रम,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कर्णाली प्रदेश इन्चार्ज संजयको आतिथ्य रहेको थियो।

नेकपा दाङका सेक्रेटरी प्रदिपको अध्यक्षता तथा संचालनमा बसेको बैठकमा प्रशिक्षाणात्मक मन्तव्य बैठकका प्रमुख अतिथि समेत रहेका पार्टीका केन्द्रीय सदस्य शितलले राखेका थिए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID