एसईईको नतिजा सार्वजनिक

गणतन्त्र नेपाल समाचारदाता
एसईईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्याकोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

४ लाख ९५ हजार ७५१ जना परीक्षार्थी सहभागी भएको परीक्षामा ९ हजार ६ सय ३३ जना परीक्षार्थीले ३.६ देखि ४.० जीपीए ल्याएका छन् ।

त्यसैगरी ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४१ हजार ६ सय २७ रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

२.८ देखि ३.२ जीपीएमा ६९ हजार ९००, २.४ देखि २.८ जीपीएमा ९० हजार ५५८, २.० देखि २.४ जीपीएसम्म १ लाख १२ हजार ७३३ र १.६ देखि २ जीपीएसम्म १ लाख ५ हजार ५९४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

१.२ देखि १.६ जीपीएसम्म ४४ हजार ५८६ र ०.१ देखि १.२ जीपीएसम्म ल्याउने परीक्षार्थी ३ हजार २८० रहेको बोर्डले जनाएको छ ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।
मा प्रकाशित