कल सेन्टरका संचालकविरुद्ध ठगी मुद्दा, २१३ कर्मचारी निगरानीमा

गणतन्त्र नेपाल समाचारदाता

दुई दिनअघि पक्राउ परेको रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले ठगी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

तीन वटा तल्ला भाडामा लिएर विभिन्न सामाजिक संजाल र एप्सहरुमार्फत विभिन्न व्यक्तिहरुलाई म्यासेज गरी बैंक लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की, हैरानी दिने र अश्लिल सामग्रीहरु समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले त्यहाँ काम गर्ने ११५ जना पुरुष र ९८ जना महिला कर्मचारीसमेत २१३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको बताए ।

कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ का ४० वर्षीय हिमाल बाठामगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार)लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उनले बताए । साथै कम्प्युटर लगायत अन्य उपकरणहरु बरामद गरी थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

बरामद भएका उपकरणका बारेमा यथेष्ट जानाकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल मगाएको छ । बरामद गरिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्न सीआईबीको टोलीलाई बुटवल बोलाइएको उपरीक्षक केसीले बताए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID