झलनाथको प्रश्न – सरकारको कार्यकारी अधिकार कता छ ?

गणतन्त्र नेपाल समाचारदाता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयबारे अमेरिकालाई पत्र नलेखेको भन्दै सरकारको कार्यकारी अधिकार कता छ ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खनालले मुलुकको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा पैदा भइरहेको भन्दै एसपीपी नस्वीकार्ने भनेर सरकारले गरेको निर्णय एक महिना हुँदा समेत पत्र नपठाएकोमा आश्चर्य व्यक्त गरे ।

‘तर अहिलेसम्म पनि त्यो पत्र के कारणले लेख्न र पठाउन नसकेको हो ? यो हाम्रो देशको क्याविनेटभन्दा बाहिरतिर कतातिर छ कार्यकारी अधिकार ?’, खनालको प्रश्न छ । कार्यकारी अधिकार भएको क्याविनेटले निर्णय गरिसकेपछि कसैले रोक्न सक्छ भन्दै उनले के कारणले रोकिएको भनि प्रधानमन्त्री र सरकारलाई प्रश्न गरे ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID