आईजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज

गणतन्त्र नेपाल समाचारदाता

सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो ।

वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए ।

सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल पोखरेलको रिट खारेज भएको बताए ।

पोखरेलले पनि गणतन्त्र नेपालसँग कुरा गर्दै आफ्नो रिट खारेज भएको जानकारी दिएका छन् ।

मा प्रकाशित