
दाङमा डिभिजन वन कार्यालयले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अन्तरगत नागरिकलाई घरघरमै पुगेर बिरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै पुगेर बिरुवा वितरण गरिएको हो । शुक्रबार बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने गरेको वन कार्यालयले जनाएको छ ।
दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा निःशुल्क वितरण शुरु गरिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा वितरण भइरहेको छ ।
मा प्रकाशित
