
दाङमा प्रयाप्त पानी नपर्दा धान रोपाई रोकिएको छ । देउखुरी क्षेत्र बाहेकका अधिकासं ठाउँहरुमा केहि दिनदेखी पानी नपर्दा रोपाई रोकिएको हो । सिचाईका लागि नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको छ ।
जिल्लामा कतिपय किसानहरुले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । यस समयमा पनि पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नुपरेको हो । हालसम्म दाङमा करिब ४५ प्रतिशत खेतमा मात्र धान रोेपाई भएको छ ।
पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा परेका छन् । एकातिर धान रोपाई गर्न सकेका छैनन् भने अर्को तिर रोपाई गरेका धानहरु पनि पानी नपाएर सुक्न थालेको किसानहरुको भनाई छ ।
मनसुन छिट्टै शुरु हुन लागेकोले धान रोपाई पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाई छ । तर पनि हालसम्म अधिकांश क्षेत्रहरुमा पानी नपर्दा खेत सुख्खा भएका छन् ।
समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने पिरलो किसानहरुमा छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरुको भनाई छ । गतवर्ष यो समयमा ८५ प्रतिशत रोपाई सकिएको थियो ।
