सम्झौता उल्लंघन गरेको भन्दै इलन मस्कविरुद्ध मुद्दा

गणतन्त्र नेपाल समाचारदाता

ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै सोसल मिडिया कम्पनी ट्विटरले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एवं विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ ।

मस्कले गत शुक्रबार ट्विटर खरिद नगर्ने बताएपछि ट्विटरले उनीविरुद्ध मुद्दा दायर गरेकोकम्पनीका अध्यक्ष ब्रेट टेलरले जानकारी दिए । मस्कले गत अप्रिलमा ट्विटर खरिद गर्ने सम्झौता गरेका थिए । ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता भएको थियो ।

मस्कले उक्त सम्झौता उल्लंघन गरेको र उनले ट्विटरको प्रतिसेयर ५४.२० डलरका दरले भुक्तानी गर्नुपर्ने मागदाबी गर्दै ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको हो ।

ट्विटरले स्पाम र नक्कली एकाउन्टबारे पर्याप्त जानकारी नदिएकाले सम्झौताबाट पछि हट्नु परेको मस्कले बताएका छन् । गत मे महिनामा उनले फेक एकाउन्टबारे ट्वीटरसँग पूर्ण विवरण मागेको र त्यो प्राप्त भइनसकेकाले ट्वीटर किन्ने सम्झौता ‘अस्थायी रूपमा होल्डमा रहेको’ बताएका थिए । उनी ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या र स्वचालित (बट) खाताको संख्याबारे विवरण चाहन्थे । कम्पनीले यसबारे जानकारी नदिएपछि सम्झौता रद्द गर्नुपरेको मस्कको भनाइ छ ।

धेरै मानिसहरूमाझ सूचना फैलाउन र अन्तरक्रियाको तरिका बदल्न (म्यानिपुलेट गर्न) स्पाम एकाउन्ट बनाउने गरिन्छ । ट्वीटरका अनुसार कम्पनीले हरेक दिन करिब १० लाख त्यस्ता खाता हटाउने गरेको छ । मस्कको विचारमा ट्वीटरमा २० प्रतिशत वा त्योभन्दा बढी स्पाम वा बट एकाउन्ट छन् ।

उनले ट्विटर किन्ने घोषणा गरेयता टेस्लाको सेयर मूल्य उल्लेख्य मात्रामा घटेको थियो । मर्जर सम्झौतामा १ अर्ब डलर ब्रेक-अप शुल्क समावेश छ । मर्जर रद्द गर्नुको बलियो कारण नेदेखिएमा उनले ब्रेक–अप शुल्क तिर्नुपर्ने हुन्छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID