एकैदिन थपिए १६८ कोरोना संक्रमित

गणतन्त्रनेपाल समाचारदाता, दाङ

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार २० वटा नमुना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ ।

आज ३५ हजार ४०२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

मा प्रकाशित