संवैधानिक परिषद्सम्बन्धी विधेयक गलत : विश्वप्रकाश शर्मा

गणतन्त्र नेपाल समाचारदाता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको सरकारको पालमा झै संवैधानिक परिषदसम्बन्धी विधेयक संशोधन गर्न लागिएकामा विरोध गरेका छन् । उनले विधेयक संशोधन गर्नु गलत भएको भन्दै ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत रहेकाले यसमा आफुहरु सतप्रतिशत प्रष्ट रहेको बताएका छन् ।

‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ’, महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID