शिक्षकलाई सबैभन्दा धेरै तलब सुविधा दिने रवि लामिछानेको प्रतिबद्धता

गणतन्त्र नेपाल समाचारदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले राष्ट्रको सबैभन्दा बढी लगानी शिक्षामा गरिने बताउँदै सो कुरा बताएका हुन् ।

सभापति लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताए । पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उल्लेख गरे । प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने बताए । योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए ।

उनले भने–‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID