आज हर्षउल्लासका साथ इस्लाम धर्मावलम्बीले बकर इद पर्व मनाउँदै

गणतन्त्रनेपाल समाचारदाता, दाङ

इस्लाम धर्मावलम्बीले आज हर्षोउल्लासका साथ बकर इद पर्व मनाउँदै छन्।

इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ। तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद-उल–जुहा’ पनि भनिन्छ। बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौँ दिन मनाउने गरिन्छ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिन्छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID