सरला यादव बनिन् समाजवादीबाट प्रतिनिधिसभाको प्रमुख सचेतक

गणतन्त्र नेपाल समाचारदाता

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।

शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले बैठकलै सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि बताए ।  प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID