
थारु कल्याणकारिणी सभा गढवा गाउँपालिकाको तर्फबाट दङ्गाली छाप कुलोको मुहानको स्थलगत निरीक्षण गरेको छ । थारु झरालीहरु (कुलो खन्ने मानिसहरू) सदियौं देखि परम्परागत झाला, बाटी, मुनाले बाँध बाँधी कुलोमा पानी लैजाने गरेका छन् ।
यो साल पानी अभावका कारणले विभिन्न गाँउका किसानहरुको रोपाइ अधुरै रहेको छ । रोपाइ गरेको धान सुक्न लागि सकेको भगत बहादुर चाैधरी बताउछन । केही दिन अगाडि परेकाे भरि वर्षाका कारणले पानी अन्तै गएकाे कुलो खन्ने मानिसहरुले जानकारी दिए ।
स्थानिय तह निर्माण भए पनि यस विषयमा स्थानिय तहले कुनै चासो नदिएकाे स्थानिय बासिन्दाहरुकाे गुनासो छ । यस विषयमा स्थानिय तहकाे ध्यानाकर्षण हुन अत्यन्त जरुरी रहेकाे छ ।


Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





