मुख्यमन्त्री मानले गरे १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे

गणतन्त्र नेपाल समाचारदाता

भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आफूभन्दा १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे गरेका छन् ।

बिहीवार मुख्यमन्त्री मान र डा. गुरप्रीत कौरबीच विवाह भएको छ ।

यसअघि मानकी पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको छ । मान राजनीतिमा सक्रिय रहेकै बेला पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएको हो ।

मुख्यमन्त्री मानले पञ्जाबी परम्पराअनुसार विवाह गरेका छन् । मानकी नयाँ पत्नी कौर पछिल्ला चुनावी अभियानमा मानसँगै प्रचारमा थिइन् । मुख्यमन्त्रीको शपथ ग्रहणका बेला पनि उनी देखिएकी थिइन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID