भारतको रोजाइ केपी ओली : भाजपा नेता स्वामी

प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने आशंका

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालमा केपी शर्मा ओली नै भारतकाे राेजाइ भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

मा प्रकाशित