
स्वास्थ्य सेवा विभागले साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विभागले देशभरका सम्पूर्ण स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका लागि आगामी आर्थिक वर्षको साउन महिनादेखि मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
यसअघि स्वास्थ्य सेवालाई आवश्यक पर्ने औषधि तथा सामग्रीहरुको आपूर्ति प्रणालीको व्यवस्थापन, जिन्सी व्यवस्थापन, खपत दर र सामानको ढुवानी कार्य तालिकाको त्रैमासिक प्रतिवेदन व्यवस्थापन महाशाखा बुझाउने गरिएको थियो ।
मा प्रकाशित
