१० बिलासी वस्तुमाथिको आयात प्रतिबन्ध लम्बिन सक्छ : वाणिज्य मन्त्रालय

गणतन्त्र नेपाल समाचारदाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ ।

आइतबार मन्त्रालय आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक लगाइएको प्रतिबन्ध आवश्यक परे बढ्ने बताएका हुन् ।

‘गत वैशाखमा आयातमा रोक लागाइएका १० वस्तुहरुको प्रतिबन्ध लम्बिन सक्छ’ सचिव पाण्डेयले भने ‘अर्थतन्त्रको संकटबाट पहिले देश बचाउनु पर्छ त्यो मुख्य कुरा हो ।’
आयात प्रतिवन्धलाई लिएर कुनै अन्तर्राष्ट्रिय दवाव नभएको पनि सचिव पाण्डेयले दाबी गरे । आयात रोकका कारण अर्थतन्त्रमा परेको योगदानबारे अध्ययन भइरहेको पनि उनले बताए । सरकारले गत वैशाख १३ गते १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभि पनि आयात प्रतिबन्धको सूचीमा छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID