
रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा उजुरी दिएकी छन्।
धान दिवसका दिन खेतमा गएका बेला बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन्।
असार १५ गते ललितपुरको फर्सिडोलमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले धान रोप्ने कार्यक्रम आयोजना गरेको थियो त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएकी हुन्। बोहरा युवा संघका केन्द्रीय सदस्य हुन् भने जुरेली सदस्य हुन्।
ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जुरेलीले जाहेरी दिएको पुष्टि गरे। जुरेलीमाथि दुर्व्यवहार भएका भिडियाेहरू सामाजिक सञ्जालमा समेत आएका थिए।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




