विवादित मन्त्री विमलाले दिइन् राजीनामा

गणतन्त्र नेपाल समाचारदाता

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ गते नेै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी  दिए ।

जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले एमाले-माओवादी ब्युँतिएपछि वैशाख १९ मा पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

आज छानबिन समितिले प्रतिवेदन सार्वजकि गर्ने तयारी गरेको समितिका संयोजक तथा सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । सरकारले आजै बजेट पास गर्न र प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि राजीनामा गर्न लगाइएको स्रोतले बताएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID