नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

गणतन्त्र नेपाल संवाददाता

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् ।

नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएसँगै पाँचै जनाले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

मा प्रकाशित