अडियो प्रकरण : न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने

गणतन्त्र नेपाल संवाददाता

घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् ।

बुधबार बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो ।

बैठकबाट न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको भनिएको संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् । समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए ।

अडियो सार्वजनिकसँगै परिषद्को आकस्मिक बैठक बसेको हो । उक्त अडियोमा कोइराला र पोख्रेलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाइ गरिएको सुनिन्छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID