गढवा, असार ८
दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम आज गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पाेख्रल ‘विश्वास’ को प्रमुख आतिथ्य तथा राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष राम शंकर यादव को अध्यक्षतामा सम्पन्न भएको हो।
समाबेशि अपाङ्ग संघ दाङको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ को समन्वय तथा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको साझेदारी मा सम्पन्न कार्यक्रममा पालिकाभित्र रहेका अपाङ्ग ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गढवागाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरुको पनि अन्य व्यक्तिहरुको जस्तै हरेक क्षेत्रमा नैसर्गिक अधिकार भएको भन्दै त्यस पक्षलाई समेटेर अघि बढ्ने विचार राख्नु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागी पालिकाले सरसल्लाह गरेर पालिकाबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न पालिका सदैब तयार रहेको बताउनुभयो। आफु अपाङ्ग भएका व्यक्तिहरुको समस्या लाई नजिकबाट हेरेको र त्यसको लागी पालिकाभित्र अपाङ्ग मैत्री संरचना बनाउने प्रक्रिया अघि बढाएकाे समेत जानकारी गराउनु भयो।
पालिकाभित्र भएका अपाङ्ग व्यक्तिहरुको अवस्थाको बारेमा जानकारी लिई अपांगता भएका व्यक्तिहरुका लागि सरल र भरपर्दो कार्यक्रम ल्याई सहयोग गर्ने आश्वासन दिनु भएको छ। त्यसैगरी राष्ट्रिय अपाङ्ग माहासंघ नेपालको संघिय अध्यक्ष मित्रराज शर्माले दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुहरुको बारेमा जानकारी गराउनु भएको थियो।
अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायिक रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु पर्ने र प्रोत्साहन गर्न जरुरी रहेको शर्माले बताउनु भएको छ। अपाङ्ग भएका व्यक्तिहरुलाई उत्पादनसंग जोडेर आयआर्जन गर्न अभियान चलाउनु पर्ने धारणा राख्नु भएको छ।
अपाङ्ग भएका कुनै पनि व्यक्तिहरु लाई घरमा बस्न दिन नहुने अनिवार्य रुपमा विद्यालय पठाउनु पर्ने र अपाङ्गता भएका व्यक्तिहरुको कठिनाई र समस्या को बारेमा स्थानीय सरकारले पहल गर्नु पर्ने सवालहरुको बारेमा स्पष्ट पार्नु भएको थियो। गोमा पन्थीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन जया बिश्वकर्मा ले गर्नु भएको थियो ।