सुरु भयाे मतदान: प्रधानमन्त्री ओलीको परीक्षा हुँदै

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ ।
सभामुख अग्नि प्रसाद सापकाेटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेका छन् ।

यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।

सांसदहरुले मत जाहेर गर्नु अगाडि सांसद भवनकाे सभाहल भित्रका सबै ढाेकाहरु बन्द गर्नुपर्ने नियम छ । त्यसैगरी मतदान अगाडि ५ मिनेट लामाे घन्टी बजाउने प्रचलन छ ।

काेभिड–१९ संक्रमित सांसदहरुले लाेत्से सभाहलभित्र मतदान गर्नेछन् । सभामुख सापकाेटाले सबै ढाेकाहरु बन्द गर्न आदेश दिएका छन् ।

मतदान विभाजन सुरु भएकाे छ । प्रस्तावकाे पक्षमा हुनेहरुले एकातिर दस्तखत गर्नेछन भने प्रस्तावकाे विपक्षमा हुनेहरुले एकातर्फ दस्तखत गर्नेछन ।

मा प्रकाशित