उपेन्द्र यादवको प्रश्न : कुन नैतिकताका आधारमा मत मागेको ?

विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसपाकाे मत बाझियाे

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसपाकाे मत बाझिएकाे छ।प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्।

अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने घोषणा गरे। उनले भने, ‘हामी भन्न चाहन्छौँ, हाम्रा माग सम्बोधन भएको छैन। यस्तो अवस्थामा हामी प्रस्तावको पक्ष वा विपक्षमा कतै पनि छैनौँ।’

ठाकुरपछि लगत्तै संसदमा सम्बोधन गरिरहेका अर्का अध्यक्ष उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने संकेत गरेका छन्। उनले ओलीसँग यो संसदसँग विश्वासको मत माग्ने नैतिकता नै नभएको दाबी गरे।

यादवले संसदमा भने, ‘जुन संसदमा तपाइलाई विश्वास छैन। उहीँ संसदसँग कुन नैतिकताका आधारमा मत माग्दै हुनुहुन्छ? तपाईंलाई कसरी विश्वास गर्ने? कसरी मत दिने?’

यादवले ओलीले स्वइच्छाचारी रुपमा शासन गरेकाले उनलाई कुनै हालतमा मत दिन नसकिने बताए। संसदमा देखिएको जसपाको यस्तो दुई धारसँगै विभाजनलाई थप बल पु¥याएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID