डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन

गणतन्त्रनेपाल समाचारदाता, दाङ

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।

एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले  बताए ।  डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नदिई आफुसँगै अर्का एकजनालाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए ।

डीएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको छ । छानविन प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाइने एसएसपी गिरीले जानकारी दिए । समिरमानसिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन्

कारागारमा बसेर उनले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लाग्दै आएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेश थापालाई प्रयोग गरेर बस्नेतले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लागेको थियो ।

 

मा प्रकाशित