गढवा, ३ असार
घरेलु तथा साना उद्योग कार्यालय दाङ र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त टोलीले बिहीवार गढवा बजारको अनुगमन गरेको छ । टोलीले गढवा बजार क्षेत्रका बिभिन्न पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा प्रशासन ले आचार्य जलपान गृह, राजेश किराना पसल,राजेश सुनचाँदी पसल, न्यू पोख्रेल पुस्तक पसल,गढवा डेरी तथा बेकरी उद्योग,नविल इण्टर प्राइजेज फेसन हव,एस के एग्रोभेट सेन्टर, गढवा इण्टर प्राइजेज, लक्ष्मी काष्मेटीक तथा किराना पसल,आचार्य सुज एण्ड ब्याग हाउस,जयगुरुदेव किराना पसल, असरफ स्टिल फर्निचर उद्योग, आचार्य किराना पसल, प्लाष्टिक एण्ड भाँडा पसल, इमरान अटो पार्टस् लगायतको ठाउँमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङ ले जानकारी दिएको छ।
अनुगमनको क्रममा ब्यवसायीहरुले दर्ता गरेको वा दर्ता बिनानै ब्यवसाय संचालन गरेको, नियमित कर तिरे नतिरेको, सामानहरुको मुल्यसुची राखेको वा मनमानी ढंगले बेचबिखन गरिरहेको, म्याद नाघेको सामानहरु बिक्री गर्ने गरेको वा ब्यवस्थापन गरेको र नापतौल प्रमाणिकरण गरे नगरेको पत्ता लगाउन गढवा बजारका बिभिन्न पसलहरु तथा अन्य ठाउँहरुमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालय लमहीले बताएको छ ।
त्यस्तै अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसुची नटाँसीएको,बोर्ड नभएको,खाद्य अखाद्य बस्तु एकैठाउँ राखिएको र कतिपय पसलहरुको कागजात सहित सबै चिजहरु अद्याबधिक रहेको र त्यस्ता ब्यापारी ब्यबसायि हरु लाई तत्काल नियम कानुन अनुसार सच्याउन सुझाव दिएको छ। नसच्चिए कानुन अनुसार कडा कारबाही गरिने अनुगमन टोलीले जनाएको छ ।
अनुगमनको टोलीमा इलाका प्रशासन कार्यालय लमहीका बामदेव गिरी,घरेलु तथा साना उद्योग कार्यालयका रामप्रसाद पौडेल र दिपेश ज्ञवाली, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, गढवा गाउँपालिकाका प्रतिनिधी शुरेस पौडेल, वडा नम्बर – ६ का नव निर्वाचित वडा सदस्य गोबिन्दा रोका मगर र पत्रकार शिवराज पन्थी लगाएत का को उपस्थिति रहेको थियो।
मा प्रकाशित