एसीसी महिला टी–२० च्याम्पियन सिपमा नेपालको विजयी सुरुवात

गणतन्त्रनेपाल समाचारदाता, दाङ

भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो ।

नेपालकालागि कविता कुवँरले उत्कृष्ट वलिङ प्रदर्शन गरिन् । उनले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । अस्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले समान एक विकेट लिए ।

भुटानको ब्याटिङमा छिरिङ जाङमोले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङमा आएको नेपाललका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । यस्तै, कप्तान रुविना क्षेत्री २१ तथा इन्दु वर्माले २० रन जोडिन् । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भुटानको वलिङमा सोनाम पालडनले ४ विकेट लिइन् । अन्जु गुरुङ र टासी छेकीले एक/एक विकेट लिए । दोस्रो खेलमा नेपालले सनिबार कुवेतको सामना गर्नेछ

। एसीसी च्याम्पियनसिमा नेपाल हङकङ, कुवेत, भुटान र बहराइनसँगै समूह‘बी’ मा छ । समूह ‘बी’ मा यूएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शिर्ष दुई टीमले एसियन कपमा स्थान बनाउनेछन् ।

 

मा प्रकाशित