काठमाडौँ । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ।
‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो।
यामाहा रेजेडआर १२५ एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो। यसले ७.५९ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको छ।
यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच’ जस्ता एक्सक्ल्युसिभ फिचरहरु छन्। साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस ६ इन्जिन रहेको छ।
रेजेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ।
भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्विलर बजार हो। भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ। यो अवार्डले भारतमा यो स्कुटरलाई भारतमा निकै रुचाइएको सन्देश पनि दिएको छ। नेपालमा पनि यामाहा रेजेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएका छन्।
एमएडब्लु–यामाहाका सीईओ चिरञ्जीवी शाहले भने, ‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौँ। हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ। स्कुटर अफ द इयर अवार्डले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ। हामी यसमा गौरवान्वित छौँ।’