१६ वर्षमा नागरिकता, १८ वर्षमा मतदान र बिहे ….??

गणतन्त्र नेपाल संवाददाता

सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने भएको छ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी गराएका हुन्।

मन्त्री कोइरालाले बुधबार संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै २० वर्ष पुगेर मात्रै विवाह गर्ने कानुन अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको बताए।

‘१६ वर्षमा नागरिकता पाइन्छ। १८ वर्षमा मतदान गर्न पाइन्छ। बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यावहारिक भएन’, मन्त्री कोइरालाले भने, ‘विहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन। बरू यसले अपराध बनाउने काम भइरहेको छ। त्यसैले यसमा पुनरावलोकन गर्नुपर्ने हुन्छ। मन्त्रालयले यसलाई पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।’

मन्त्री कोइरालाले विवाह गर्ने उमेर बढी राख्दा बालविवाहका नाममा आपराधिक घटना बढ्दै गएको जिकिर गरे।

उनले विवाह गर्ने उमेर कति वर्ष कायम गर्ने भन्ने विषयमा केही बताएनन्। मुलुकी ऐनलाई विस्थापित गरी बनेको देवानी संहिताअनुसार २० वर्ष पुगेका केटाकेटी बिहे गर्न योग्य मानिन्छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID