स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

गणतन्त्र नेपाल संवाददाता

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ परेकी छिन्। एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री ओलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रञ्जन स्वाँरले जानकारी दिए। राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेकी हुन्। बस्नेतको घरमै पुगेर उनकी श्रीमती मिनालाई कुटपिट गरेपछि बिवाद भएको थियो। लगत्तै प्रहरी घटनास्थलमा पुगेर राज्यमन्त्री वलीलाई नियनत्रणमा लिएको थियो। ‘राज्य मन्त्री ज्यूले एकराज बस्नेतकी श्रीमती मिना भण्डारलाई कुटपिट गरेपछि त्यहाँ बिवाद भयो,’ प्रहरी निरीक्षक स्वाँरले भने ‘अनि हामी त्यहाँ पुगेर राज्यमन्त्री लाई लिएर आयौँ।’ उनका अनुसार राज्यमन्त्री ओलीले किन कुटपिट गरेको भन्ने बारे एकिन खुलि नसकेको र राज्यमन्त्री ओेलीसँग सोधपुछ भैरहेको प्रहरी निरिक्षक स्वाँरले जानकारी दिए।

सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमला

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।

एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID