नेपाल समूहले तत्काल राजीनामा नदिने, बैठकमा सहभागी पनि नहुने

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेको माधव समूहका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद् बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुँदा बैठकमा उपस्थित नहुने निर्णय गरेका छौ’ रावलले भने ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID