अण्डरवेयरमा सुन लुकाएर ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक पक्राउ

गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएका एक जना नेपाली नागरिकबाट सुन बरामद भएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषा घर हुने जितेन्द्रकुमार यादव छन्। उनीबाट ४६६.५ ग्रामका चार बिस्कुट र ५० ग्रामको सिक्री एउटा गरी जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको हो।

उनले लगाएर ल्याएको भित्री वस्त्र (अण्डरवेयर)मा फल्स पकेट बनाएर लुकाएर ल्याएको भट्टराईले बताए।

भन्सार कार्यालयको यात्रु चेक गर्ने क्षेत्रमा शंकास्पद रूपमा हिँडेको पाएपछि उनीमाथि चेक गरिएको थियो।

उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको भट्टराईले बताए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID