नविना लामाले भनिन्– जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं, किताब छाप्न निजीलाई दिऔं

गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् ।

‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन्,’ लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’

उनले जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिनुपर्ने समेत बताइन् । ‘बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन् ? कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘हामीले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ अनि तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्छ ।’

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उनले त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको बताइन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID