नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ: गगन थापा

गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन्।

महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताए।

प्रतिनिधि सभा संसदमा आज बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कार्ययोजना बनाएरै कति वर्षभित्र के गर्ने भन्ने योजनासहित पेट्रोलियम पदार्थमुक्त देश बनाउनुपर्ने बताए।

‘नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ। महत्वकांक्षी योजनाका साथ हामीले दश वर्षभित्र यसलाई निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौं हामी। कर घटाएर मात्र हुन्न। यसको उपाय भनेको पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउने हो,’ उनले भने।

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ घटाएको उल्लेख गर्दै उनले अझै मिल्छ भने मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने बताए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID