वायु सेवा सञ्चालक संघले भन्यो- सिङ्गल इन्जिन भएका हेलिकप्टरमा दुई पाइलट राख्न सकिन्न

गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।

प्राधिकरणले एउटा इन्जिन भएको  हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो।

हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।

एक इन्जिन हेलिकप्टरमा दुई पाइलट राख्दा पारिश्रमिकमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए।

नौ सिट क्षमताभन्दा माथिका हेलिकप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ।

हाल नेपालमा सञ्चालन भइरहेका ११  हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन्।

दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकप्टर उडाउँदै आएका छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID