युक्रेनले स्कटल्यान्डलाई हरायो, विश्वकपमा पुग्न वेल्ससँग भिड्ने

गणतन्त्रनेपाल समाचारदाता, दाङ

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ।

बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गर्‍यो।

जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ।

आगामी जुन ५ मा हुने भिडन्तमा जित हात पार्ने टिमले विश्वकप २०२२ को टिकट पक्का गर्नेछ।

बुधबार युक्रनेलाई जित दिलाउने क्रममा यर्मोलेन्कोले ३३ मिनेटमा पहिलो गोल गरेका थिए। ४९ मिनेटमा यरेमचुकले अग्रतो दोब्बर पारे।

७९ मिनेटमा म्याकगेगोरले स्कटल्यान्डका लागि गोल फर्काएका थिए। तर दोस्रो हाफको इन्जुरी टाइममा डोभवेकले युक्रेनका लागि तेस्रो गोल गर्न सफल भए।

रसियासँगको युद्धका कारण राम्रो तयारी गर्न नपाएपछि युक्रेन र स्कटल्यान्डको खेल दुई महिना पछि सारिएको हो।

दुई महिनापछि खेल ग्लास्गोमा भएको थियो। जहाँ युक्रेनका ३५ सय समर्थक उपस्थित थिए। उनीहरूले मैदानमा युक्रेनको झन्डा फहराएका थिए।

खेल सुरू हुनुअघि राष्ट्रिय गान बज्दा युक्रेनका खेलाडी तथा समर्थक निकै भावुक देखिएका थिए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID