काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा-माला लगाउँदिन : बालेन

गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा-माला नलगाउने र खुसी नमनाउने बताएका छन् ।

मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ, हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ, त्यत्रो मान्छे मरिरहनु भएको छ, यो शोक मनाउने बेला हो ।’

साहले अगाडि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’

साथै मेयर साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय समेत गरेका छन् । आफ्नो प्रतिवद्धताअनुसार उनले यस्तो निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताएका छन् ।

 

 

मा प्रकाशित