नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

गणतन्त्रनेपाल समाचारदाता, दाङ

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रुपमा नियन्त्रणमा नआउनजेल सचेत बनिरहन सो सडक भएर यात्रा गर्ने सबैलाई अनुरोध गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID