संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन अध्यक्ष प्रचण्डकाे अनुरोध

लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको प्रचण्डको टिप्पणी छ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सबै सदस्यहरुलाई अनुरोध गरेका छन् । उनले प्रतिपक्षी दलका नेता र सभामुख समेतले बैठकमा सहभागी नहुने निर्णय गरिसकेकाले बैठक स्थगित गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ’, प्रचण्डले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संविधानको मर्म र भावना विपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरुपयोग गर्दै आएको  प्रचण्डकाे आरोप छ । लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको प्रचण्डको टिप्पणी छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID