जजिराको जहाज गौतमवुद्ध विमानस्थलमा अवतरण गर्दा चरासँग ठोक्किएको आशंका

गणतन्त्र नेपाल समाचारदाता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ।

एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो।

विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन।

अवतरणको क्रममा चरासँग ठोक्किएको आशंकापछि परीक्षणको लागि जहाज होल्ड गरिएको साहले जानकारी दिए।

जहाजमा क्षति भएको छैन भने यात्रुहरु पनि सकुशल छन्।

‘जहाजको बाहिरी भागमा रगत देखिएको छ तर चरा भेटिएको छैन,’ उनले भने, ‘चरा जहाजको इन्जिनभित्र गएको छ कि भन्ने आशंकामा होल्ड गरिएको छ।’

काठमाडौंबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जहाजले उडान भर्न सक्ने साहले बताए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID