पर्सा जगरनागपुरमा मुख्यमन्त्रीकी पत्नी पराजित, कांग्रेस विजयी

गणतन्त्र नेपाल समाचारदाता

पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा  कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याइन्। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) की जलेखा खातुनले ३१२३ मत ल्याएर तेस्रो भएकी छन्।

खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी हुन्। मुख्यमन्त्री राउतले आफ्नी पत्नीलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी परित्याग गरेकी थिइन्।

उपाध्यक्षको टिकट आफूले पाउनुपर्ने उनको माग पूरा नभएपछि उनी पार्टीबाट राजीनामा दिएकी थिइन्। स्थानीय निर्वाचनमा पदबाट राजीनामा दिएर मुख्यमन्त्री राउतका स्वकीय सचिवहरू दिपक यादव र पशुपति यादव पनि मेयरमा उठेका थिए।

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दिपकले जमानत समेत जोगाउन सकेनन् भने धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवारसित पराजित भए। पशुपति जसपाका धनुषा जिल्ला अध्यक्ष समेत हुन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID