तुलसीपुरमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको सुरूआती अग्रता

गणतन्त्र नेपाल समाचारदाता

तुलसीपुर उपमहानगरपालिकामा सुरू भएको  मतगणनामा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले सुरूआती अग्रता लिएका छन्।

तुलसीपुरमा १००० मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी आठ मतले अगाडि छन्। उनले ४६२ मत ल्याएका छन् भन् एमालेबाट टीकाराम खड्काले ४५४ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा एमालेबाट स्यानी चौधरीले ४६१ मत ल्याएकी छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणामगरले ३३५ मत ल्याएका छन्।

वडा १ र २ बाट मतगणना सुरू गरिएको हो।

तुलसीपुरमा ७० हजार बढी मत खसेको थियो। यहाँ १९ वडा छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID