गढवा वडा न. ६ मा माओवादीका विर बहादुर आले विजय

गणतन्त्र नेपाल समाचारदाता

गढवा गाउँपलिका वडा न. ६ को वडा अध्यक्षमा (११२० मतसहित ) नेकपा माओवादीका तर्फबाट विर बहादुर आले महिला सदस्यमा नेकपाकी मानु कुमाल , दलित महिला सदस्यमा नेपाली काङ्गेसकी मोतिसरा बि क, खुल्ला सदस्यमा (प्रगतिशील गठबन्धन ) नेकपा एसका गोविन्द रोका र जनमोर्चाका दिनमणि आचार्य विजय भएका छन् । गत स्थानिय चुनावमा नेपाली काङ्गेसका बालचन्द्र ठाकुरी अध्यक्ष चुनिएका थिए ।

अहिले नेकपा माओवादी गढवाले विजय त्याली निकालेकोे छ ।

अहिले सम्म गढवामा जम्मा ३ वटा वडाको मतगणना कार्य सकिएको छ । गढवा गाउँपलिकामा जम्मा ८ वटा वडा रहेका छन ।.
मतगणना कार्य सुरवात गरिएको ८ नं. वडा कोइलावासमा नेकपा एमालेका अब्दुल खलिक सिद्धिकीको पुरै प्यानल विजय भएको छ । यस अघि सो वडा माओवादी केन्द्रका सद्धाम सिद्धिकीले जितेका थिए । माओवादी केन्द्रलाई पछि पादै एमालेका अब्दुल खलिक सिद्धिकीले कोइलाबास हात परेका हुन । वडा न. ७ मा नेपाली काङ्गेसका राहुल देव चौधरी ले जितेका छन ।
यस्तो छ गढवा गाउँपलिकाको वडा न. ६ को अन्तिम मत परिणम
पालिका प्रमुखमा
एमाले   ५७०
माओवादी केन्द्र   ११२०
नेपाली काङ्गेस   १०३६
स्वतन्त्र   ३१९
राप्रपा   ९१

उपाध्यक्षमा
एमाले   ४९
माओवादीेकेन्द्र
नेपाली काङ्गेस   ७९

वडा अध्यक्षमा
एमाले  ६४
मओवादी केन्द्र  १०५
नेपाली काङ्गेस   ७२

मा प्रकाशित