
बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन् । उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन् ।
मा प्रकाशित
