गढवा गाउँपालिका वडा नं. ७ काे वडाध्यक्षमा (९९१ मतसहित) नेपाली काङ्ग्रेसका तर्फबाट राहुल देव चौधरीकाे पुरै प्यानल बिजयी भएकाे छ । चाैधरी गत स्थानीय चुनावमा पनि काँग्रेसबाटै अध्यक्ष चुनिएका थिए ।
यस अगाडिकाे चुनावमा उनकाे मत ७२४ थियाे ।
नेपाली काँग्रेस गढवाले अहिले बिजय र्याली निकालेकाे छ ।
शुक्रबार राति अवेरबाट मत गणना कार्य सुरुवात गरिएकाे थियाे ।
अहिलेसम्म गढवामा जम्मा २ वटा वडाकाे मतगणना कार्य सकिएकाे छ । गढवा गाउँपालिकामा ८ वटा वडा रहेका छन् ।
मत गणना कार्य सुरुवात गरिएकाे ८ नम्बर वडा काेइलाबासमा नेकपा एमालेका अब्दुल खालिक सिद्धिकीकाे पुरै प्यानल बिजयी भएकाे छ ।
यस अघि साे वडा माओवादी केन्द्रका सद्धाम सिद्धीकीले जितेका थिए । माओवादी केन्द्रलाई पछि पार्दै एमालेका अब्दुल खालिक सिद्धिकीले काेइलाबासमा बाजी मारेका हुन् ।
यस्ताे छ गढवा गाउँपालिकाको वडा नं ७ को अन्तिम मत परिणाम
पालिका प्रमुखमा
एमाले : ४३७
माओवादी केन्द्र : ६६५
नेपाली काङ्ग्रेस : ९३१
स्वतन्त्र : २६३
राप्रपा : १३५
उपाध्यक्षमा
एमाले : ५२७
नेकपा एस : ५७९
रुख : ९०९
वडा अध्यक्षमा
एमाले : ४८१
नेकपा एस : ५०३
रुख :९९१
स्वतन्त्र : ३७७
राप्रपा : २५४