दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खस्याे – आयाेग

गणतन्त्र नेपाल संवाददाता
  1. स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ७ घण्टामा देशभरिमा ४१ प्रतिशत मत खसेको हो

दोलखा, रामेछाप, सर्लाही, सप्तरी, हुम्ला, पर्वत र बाजुरासहित ७ जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भए पनि सुचारु गर्ने प्रयास भइरहेको उनले बताए ।

आज देशभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

मा प्रकाशित