कहाँ–कहाँबाट गर्नेछन् माओवादीका मन्त्रीहरुले मतदान

गणतन्त्र नेपाल समाचारदाता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरु मतदान गर्न आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।अर्थ मन्त्री जनार्दन शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगिसकेका छन्। शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्किने भएका छन्।

यस्तै उर्जा,जल स्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका २ स्थित राजतीर्थबाट मतदान गर्ने भएकी छिन्। उनको निर्वाचन क्षेत्रसमेत ललितपुर क्षेत्र नम्बर तीन हो । यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल स्थानीय तह निर्वाचनमा मतदान गर्न बाग्लुङ पुगिसकेका छन्। मन्त्री पौडेलले बाग्लुङ नगरपालिका १२ स्थित पृथ्वी माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। शुक्रबार विहानै मतदान गरेर काठमाडौं फर्किने पौडेलले बताए।

यस्तै शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले धनुषाबाट मतदान गर्ने भएकी छिन्। उनले धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बाट मतदान गर्ने भएकी छिन्। यस्तै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज‘अथक’ले बाँकेबाट मतदान गर्ने भएका छन्। मन्त्री गहतराजले बाँकेको कोहलपुर नगरपालिका ९ स्थित कृषि विकास बैंकको तालिम केन्द्रबाट मतदान गर्ने भएका छन्।

उनी बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद हुन्। यस्तै  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंबाटै मतदान गर्ने भएकी छिन्। मन्त्री श्रेष्ठले काठमाडौ महानगर ३२ स्थित कोटेश्वरबाट मतदान गर्नेछिन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID