नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।
बिहीवार बिहान पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनको रिहाइको माग गरेका हुन् ।
संयोजक कञ्चनलाई रिहा नगरिए देशव्यापी संघर्ष गर्ने र त्यसको जवाफदेही सरकार हुनुपर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।
पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको थियो ।
मा प्रकाशित